नवराज पराजुलीले नयाँ कविता युट्युबमार्फत् सार्वजनिक गरेका छन् । आफ्नै युट्युब च्यानल ‘नवराज पराजुली’मार्फत उनले कविता ‘घर’ सार्वजनिक गरेका हुन् ।

यस कवितामा पराजुलीले घरबाट टाढा हुँदाको अनुभूति समेटेका छन् । साथै, आफैँभित्र घर खोज्दाको अनुभूति पनि कवितामा प्रस्तुत गरिएकाे छ ।

पराजुलीकै स्वरमा रहेकाे कवितामा रिदम कँडेलले सङ्गीत भरेका छन् । अन्जित चुँडालले छायाङ्कन गरेको कविताकाे भिडियोकाे सम्पादन सौरभ लामिछानेले गरेका हुन् ।

कविता १ घण्टा ६ मिनेटको रहेकाे छ ।