नेपाली सेलिब्रेटी कवि नवराज पराजुलीले आफ्नो नयाँ कविता ‘स्कुल’ रिलिज गरेका छन् । शुक्रबार पराजुलीको आधिकारिक युट्युब च्यानलमार्फत शुक्रबार ‘स्कुल’ रिलिज भएको हो।

सङ्गीत क्षेत्रको संसारकै ठूलो पुरस्कार ‘ग्रामी अवार्ड’का लागि मनोनीत अमेरिकी सङ्गीतकार एन्ड्रु बोर्कोवोस्कीसँगको सहकार्यमा कवि पराजुलीको आफ्नो प्रकाशोन्मुख कवितासङ्ग्रह ‘घर’मा सङ्ग्रहित ‘स्कुल’लाई गीति भर्सनमा रिलिज गरेका हुन् ।

स्कुलहरूले फरक भाषा र प्रतिभालाई ठाउँ नदिँदा विद्यार्थीलाई कसरी असर परिरहेको छ ? भन्ने प्रश्नका अनेक आयामहरूलाई ‘स्कुल’मा समेटिएको छ।

पराजुलीका अनुसार एन्ड्रुसहित ‘स्कुल’ मा १६ अमेरिकी र ७ नेपाली वाद्यवादक संलग्न छन्। भुवन आचार्यले निर्माण गरेको ‘स्कुल’मा कवि पराजुलीकै शब्द र सङ्गीत छ भने  रिदम कँडेलले सङ्गीत संयोजन गरेका छन्।पराजुलीसहित कँडेल र अनिल सुब्बाले यसमा स्वर भरेका छन्।

‘स्कुल’ मा १२ नेपाली भाषाका कलाकारहरूले स्वर दिएका छन् । सन्थाली भाषामा झापाकी अन्जली कास्कीले स्वर दिएकी छिन् भने राई (दुङ्माली) भाषामा अल्ट्रा धावक मीरा राईको स्वर छ । तामाङ भाषामा नेपाली तारा सन्तोष लामा र मैथिली भाषामा कलाकार तथा निर्देशक सरिता शाहले स्वर दिएका छन् । त्यस्तै, भोजपुरीमा अनिल कुर्मी, लिम्बूमा अनिल सुब्बा, गुरुङमा सुरज तमू, मगरमा जेम्स मगर, अवधीमा अजय पाण्डे, कोइचमा इंगि होपो कोइंच सुनुवार र नेवारीमा फिल्म निर्देशक राजिन महर्जनको स्वर छ ।

रचनामा मनिष गन्धर्वले सारङ्गी, किरण बरालले बाँसुरी, जगन्नाथ धौगोडाले तबला, दिपेश राईले ढोल, सम्यक महर्जनले सिंगिङ बाउल र आशुतोषले शङ्ख बजाएका छन् ।

स्कुलहरूले फरक भाषा र प्रतिभालाई ठाउँ नदिँदा विद्यार्थीलाई कसरी असर परिरहेको छ ? भन्ने प्रश्नका अनेक आयामहरूलाई ‘स्कुल’ मा समेटिएको छ।

[embedyt] https://www.youtube.com/watch?v=JFaKoS21FUE[/embedyt]