

“पर्फमेन्स पोयट्री”बाट समकालीन कवितामा सर्वाधिक चर्चा कमाएका कवि नवराज पराजुली नेपाली कविताकाे आवाज बाेकेर विश्वका धेरै देशहरुमा कविता कन्सर्ट गर्न पुगिसकेका छन् । पराजुली आफ्नाे वाचन शैलीकाे माध्यमबाट धेरैकाे आँखामा आँशु पारिदिने गर्छन् ।
भर्खरै कवि पराजुलीको सांगीतिक कविता “एक्लै”सार्वजनिक भएको छ । नेपाली साहित्यको कविता विधामा सांगीतिक रुपमा प्रस्तुत गरिएको यो कविता धेरैले मनपराए का छन् । यस सांगीतिक कविताको भिडियोमा पराजुली पराजुलीकै अभिनय रहेको छ । पराजुलीकाे स्वर र अभिनयकाे संयोजनमा कविताकाे अडियो भिडियो उत्कृष्ट बनेको छ । कविता पराजुलीकाे आफ्नै युट्युब च्यानलबाट रिलिज गरिएकाे छ ।
हामीले पाठककाे सुविधाका लागि यो कविताकाे भिडियो लिंक प्रस्तुत गरेका छाैँ ।




साहित्यपोस्टका -
प्रकाशनहरू
साहित्यपोस्टका -
प्रकाशनहरू