कुँडिएका मनहरू सङ्लिए कि उस्तै होलान्
चुँडिएका मुटुहरू जोडिए कि उस्तै होलान् ।
भिरबाट हिँड्नुपर्ने जिन्दगीको पारा थियो
आधि रात जाग्नुपर्ने दु:ख पीर सारा थियो
पुछिएका आँसुहरू थामिए कि उस्तै होलान्
चुँडिएका मुटुहरू जोडिए कि उस्तै होलान् ।
टाढा जाने मलाई पनि रहर त कहाँ थियो
जिन्दगीको भोगाइले नयाँ नयाँ मोड लियो
लुछिएका घाउहरू मेटिए कि उस्तै होलान्
चुँडिएका मुटुहरू जोडिए कि उस्तै होलान् ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला