एकैछिनको रमाइलो बसाइले ज्यान लियो
ज्यानमारा एकै नजर हेराइले ज्यान लियो

सिटामोल खाको थिएँ जति टाउको दुखे पनि
यसपालि त मुटुको दुखाइले ज्यान लियो

भुल्न खोजेँ ती पलहरू सँगसँगै बिताएका
स्मृतिका अक्षरको मेटाइले ज्यान लियो

थिए हजार फूलहरू बगैंचामा जताततै
हृदयको कुसुमको टिपाइले ज्यान लियो

थिए अनेक मुद्दाहरू अदालतमा विचाराधीन
मुटु रेट्ने इजलासको सफाइले ज्यान लियो ।

 

पोखरा