श्रवणकुमार ढुंगाना

जस्तो

पापीहरू पनि मन्दिर जान्छन्

आफै भित्र भरीएको पापको घडालाई

अरूकै पापको बोझ ठान्छन्

र माग्छन् पापीहरूबाट मुक्ति!

जस्तो

पिपासुहरू पनि मुजरा सुन्छन्

बेदनाले भरिएका निश्वासहरू

मनोरम्य उच्छ्वासका साथ

र किन्छन् सबैभन्दा द्रवित हृदयको शरीर।

त्यस्तै

दुष्टहरू पनि कविता सुन्छन्

दुष्टताकै वर्णन गरिएका।

ऐना जस्तो कवितामा

देखिएको आफ्नो अनुहार

अरूकै अनुहार जस्तो गरी सुन्छन्

र आल्हादित हुन्छन्।

लाज त तिनलाई देख्नेहरूले मानिदिनु पर्छ।