आकाश जस्तो छ यो हृदय मेरो, तर मुट्ठीमै दबाउँछ्यौ ।
कत्रो अँगालोमा अटाउँछ्यौ भन कस्तो आँखामा निदाउँछ्यौ?

आँखा आँखामा खोज्दै आफूलाई विहानी पातमा ओभाएछु
लौ म त बिलाएछु हेर्दाहेर्दै – तिमी कुन बाटो उदाउँछ्यौ ?

गलिसकेका छन् पाइला यी अब सपना पनि थाम्दैनन्
गोधूली साँझमा आयौ अब भन कुन रहर बिसाउँछ्यौ ?

जाग्दथे रहर बिहान बिहानै आइनौ, र चेत्यौ साँझमा
मरी सकेका यी रहर-चितामा भन कुन सपना फुलाउँछ्यौ ?

न मेरा हुन सके तिम्रा सपना, न त तिम्रै भई फूले
आऊ सुनाऊ अवसाद मलाई अरु कस्लाई सुनाउँछ्यौ ?