आकाश जस्तो छ यो हृदय मेरो, तर मुट्ठीमै दबाउँछ्यौ ।
कत्रो अँगालोमा अटाउँछ्यौ भन कस्तो आँखामा निदाउँछ्यौ?
आँखा आँखामा खोज्दै आफूलाई विहानी पातमा ओभाएछु
लौ म त बिलाएछु हेर्दाहेर्दै – तिमी कुन बाटो उदाउँछ्यौ ?
गलिसकेका छन् पाइला यी अब सपना पनि थाम्दैनन्
गोधूली साँझमा आयौ अब भन कुन रहर बिसाउँछ्यौ ?
जाग्दथे रहर बिहान बिहानै आइनौ, र चेत्यौ साँझमा
मरी सकेका यी रहर-चितामा भन कुन सपना फुलाउँछ्यौ ?
न मेरा हुन सके तिम्रा सपना, न त तिम्रै भई फूले
आऊ सुनाऊ अवसाद मलाई अरु कस्लाई सुनाउँछ्यौ ?



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२८ जेष्ठ २०८३, बिहीबार 










