साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

पाँच टुक्का कविता

Chovar Blues Mobile Size


सवाई छन्द ४+४+४+२ =१४ अक्षर

विदेशीले पनि गरून् हाम्रै रीति सिको,
तिहारमा सप्तरङ्गी लाउनुपर्छ टीको ।

सुतेर के मिल्छ उठौँ जिन्दगीमा अव,
खोजे देखि मिल्छ अरे पत्थरमा रव ।

आँखाबाट आँसु झार्न नपरोस् है जैल्यै,
शत्रुलाई नि यस्तो पीडा नआओस् भो कैल्यै ।

भगवान्ले तपाइँलाई रक्षा गरे जस्तो,
दुःख पनि नसोचेको कस्तो आउँछ कस्तो ।

आत्तिने त्यो दुःख अव कहिल्यै नआओस्,
जीवनमा खुसी अनि आनन्द नै छाओस् ।

 

प्रतिक्रिया
Loading...