साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

श्रीकृष्ण शर्माको गजल

Chovar Blues Mobile Size

 

म आउँदै छु प्रिय आँचल खोजेर
न भुल्नू ए आँखा गाजल खोजेर

फकिर हुँ म त खाली जिन्दगी यो
राखूँ कहाँ तिमीलाई महल खोजेर

चुड्यो खै कसले फुल कोपिलामै
डुल्छ यो भ्रमर हरपल खोजेर

औँशी छरेर मेरो यो खुसीमाथि
गयो चाँदनीले झलमल खोजेर

गितारमा र्याप गीत गाउने बेला
भेटिन्थ्यो किन त्यै मादल खोजेर

फलेवास –७, पर्वत

प्रतिक्रिया
Loading...