श्रीकृष्ण शर्मा

मैले हेरिरहन्छु डाँडामा बसेर
नछेक्नू है बाटो आँखामा बसेर ।

खुट्टा तान्न झनै सजिलो भयो
तिमी मेरो पाउको जुत्तामा बसेर ।

मित्र, तिमीले नै मनमा थुकेका हौ
मान्छे चिन्न छाडेपछि पैसामा बसेर ।

मायाँ के लगाउने व्यापार नजानी
सधैँ आफू मात्रै घाटामा बसेर ।

एउटा मात्रै असल मान्छे भेटेँ
जो हाँसिरहेको छ ऐनामा बसेर ।