
श्रीकृष्ण शर्मा
मैले हेरिरहन्छु डाँडामा बसेर
नछेक्नू है बाटो आँखामा बसेर ।
खुट्टा तान्न झनै सजिलो भयो
तिमी मेरो पाउको जुत्तामा बसेर ।
मित्र, तिमीले नै मनमा थुकेका हौ
मान्छे चिन्न छाडेपछि पैसामा बसेर ।
मायाँ के लगाउने व्यापार नजानी
सधैँ आफू मात्रै घाटामा बसेर ।
एउटा मात्रै असल मान्छे भेटेँ
जो हाँसिरहेको छ ऐनामा बसेर ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२८ जेष्ठ २०८३, बिहीबार 










