उदायो सूर्य आकाशमा हाँस्दै आयो बिहानी
टम्म रहेछ बादल भनि सुनायो मीठो कहानी
चखेवा उडेर आकाशमा मीठो गीत गाउँछन्
खुसी हुँदै बालकहरू जोडले ताली बजाउँछन्
बहन्छ हावा आकाशमा जुटाई धुलाका कण
बनाई बादल आकाशमै वर्षा गर्छ एकै क्षण
जब पुग्छ क्षितिजमा सूर्य रङ फेर्छ आकशले
सन्नटा छाउँछ चारैतिर घेर्छ कालो रातले
पर्दै जान्छ जब रात चम्कन्छन् ताराहरू
खुशी हुँदै उफ्रीउफ्री रमाउँछन् बालकहरू
निदाउँछ आकाश जब ओढेर कालो च्यादर
जीवले पनि लिन्छन् आराम सुतेर एक प्रहर ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२७ कार्तिक २०८२, बिहीबार 










