मन ! तिमि कता यार
कता कता हराययाै जस्तो लाग्छ
म कता कता दोमन भएँ जस्तो लाग्छ
तिमि त एउटै हो नी !!
मन ! तिमि किन भड्कीराख्या
घरि के सोच्छेउ घरी के भन्छेउ
घरि बजार जाम भन्छेउ
घरी फिल्म हेर्न जाम भन्छेउ
घरि सपिङ जाम भन्छेउ
घरि पार्टि गर्न जाम भन्छेउ
मै समेत दोमन भैसके
तिमि त एउटै हो नी !!!
मन ! आजभोली तिमि
बादल सरी उडिरहन्छौ
आकाश माथि माथि जाउँ झैँ लाग्छ
कल्पनाको शिखरै पार गरूँ झै लाग्छ
त्यो आँखाले देखिने क्षितिज पारि
अनि समुद्रको लहरै लहरमा
नदिका छालहरू र झरनामा नाच्दै
कहि दुर जाउँ झै लाग्छ
त्यो पनि एक्लै होइन
कुनै अद्भुत र असिम मायालुसँग
साँच्चै तिमि दोमन भाकै हौ र
तिमि एउटै त हो नी प्यारो मन ??



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२९ मंसिर २०८२, सोमबार 




