सुर्केथैली नाम
सुरक्षा हो काम
दुई लामा जुगा
ताने मुख खुला
फेरि ताने बन्द
परेँ म त दङ्ग
भित्र केही राख
बस्छु तिम्रो साथ
किन मान्छौ डर
गर्नु मेरो भर
थोरै पर्छु दाम
गर्छु राम्रो काम
सबैतिर थिएँ
ऐले हेलाँ भएँ
कपडाको बन्छु
माया गर भन्छु ।
सानोठिमी,भक्तपुर
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला