फरक

उसले, भविष्य सोचेर
मर्दाका लागि मलामी पनि जोडेछ
उसले, शरीर लगायत बेचेर
घरबार जोडेछ
फरक यत्ति हो
पहिलोले जाहाँ गएपनि ताली पाउँछ
दोस्रोले गाली पाउँछ
पहिलोको शिललेखमा इतिहास छ
दोस्रोको कालकोठरीमा
बिल्लिबाँठ छ ।

मन

तिमीले नजर जुधायौ
मेरा अधर फरफराए
तिमी फर्कंदै, हेर्दै गयौ
अघि बढ्ने
मेरा खुट्टा लरबराए
त्यो बाटोमा
फेरि तिमीलाई देखिन
मन न हो
तिम्रा पैतालाको
डोब नै प्यारा भए ।

सानोठिमी, भक्तपुर