खुसी छन् आज
सहरका चोक चोकहरू
भित्र भित्रका गल्लीहरू
दुर्गन्धित खोलानालाहरू

आँखा छलेर घर घरबाट
फ्यात्त फ्यात्त सडकमा फोहोर फाल्नेहरू
घरबाट ल्याएर
सडकमा दिसापिसाब गराउनेहरू
झाडु बेल्चा समाएका
एउटै पोसाकमा रमाएका
आडम्बरी सभ्यहरूलाई
आफ्नै आँगनमा सत्कार गर्न पाउँदा
धेरै खुसी छन् आज
चोक, गल्ली र खोलानालाहरू

मध्य चोकमा स्वागत गर्दै
सडकले भन्यो
आज त नाक नथुन्नुहोस्
छिः छिः दुरदुर पनि नगर्नुहोस्
सबै सफा पार्नुभएको छ
आफ्नै असभ्यपनलाई
आफैँ सुधार गर्ने
प्रयत्न गर्नुभएको छ

फोहोरका थुप्राले थुनिएका
रोगले थलिएका
अशक्त खोलानालाहरू पनि
आज थारै सलबलाएका छन्
मानसिको चेतलाई सम्झेर होला
आशाको हात हल्लाएका छन्

गल्ली समूहले पनि
मनिसको भव्य स्वागत गर्यो
खै मानिस किन
आफैँ रनभुल्लमा पर्यो

हैन आज के भईरहेछ
चोकचोक गल्ली गल्लीमा
हाम्रै स्वागत गरिरहेछन्
सधैँ रिसाएजस्तो गर्नेहरू
मन्द मुस्कानमा हाँसिरहेछन्
हाम्रै स्वागतका लागि
फूलमाला गाँसिरहेछन्

निरीह
सडक,गल्ली र खोलानालहरू
मानिसको र्यालिबारे जान्न चाहेछन्
सभामा पुगेपछि थाहा पाए
हाम्रो जन्मोत्सव त
मनिसले पो मनाई रहेछन्
त्यसैले होला
आज उनीहरू भेरै खुसी भईरहेछन् ।

सानोठिमी, भक्तपुर