लोक छन्द (सबाई)
भूगोलमा सानो देश, संसारमा हाम्रो
प्रकृतिले भरीपूर्ण, स्वर्ग जस्तै राम्रो
उत्तरमा हिमचुली, टलटल गर्छन्
यहींबाट निस्किएर, नदीनाला बग्छन्
१
लेक-डाँडा, तराई छ, समथर हाम्रो
बहुल छ, भाषा धर्म,संस्कृति छ राम्रो
हेरीरहौं जस्तो लाग्ने, पहाडको झर्ना
हिमालको चौरीगाई, तराईको अर्ना
२
स्वभिमानी नेपाली हौं,पहिचान हाम्रो
भेषभुषा फरक छ, बोलीचाली राम्रो
सहयोगी भावना छ, समान छ गाथ
मानवता देखाउछन्, दुःखपर्दा साथ
३
मयुरको नाच राम्रो, कोइलीको स्वर
भाग्मानी नेपाली हौ, याहीँ मेरो घर
जहाँ जाउँ सुन्दरको, विविधता याहीँ
संसारमा छैनहोला, यस्तो देश कहीं ।
४
सानो ठिमी, भक्तपुर
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला