कैले कस्तो समस्यामा पर्ने रै’छ मुटु
कसैलाई नभन्दा झन् खान्छ कुटुकुटु
हिँड्दै जाँदा बीच बाटो सम्झनाको कडी
जिन्दगीले दिने गर्छ बेलाबेला छडी
कैलेकाहीँ बिर्सेजस्तो यो मन पनि कस्तो
जिन्दगी नै आफैँलाई बनिदिन्छ सस्तो
जीवनको लामो यात्रा इच्छा ठूलै हुन्छ
धुरी चढ्न नसकेर भैंमा बसौँ हुन्छ
केही कुरा पोख्न खोज्दा मन लजाउँछ
विचारले मन्को नयाँ बाजा बजाउँछ
जिन्दगीमा मैले लेख्नु छैन घुर्क्याउन
अघिअघि सर्ने गर्छु सधैँ फुर्क्याउन
बाआमाको साथ्मा छँदा महँगो’थ्यो जीवन
पुल्पुलिँदै फुर्किएर हुन्थेँ रातो रिबन
कोल्टो फेर्यो समयले खोलेँ आँखा मैलै
परम तत्त्व बोध गर्ने होला अब कैले ?
पोखरा-८, सिमलचौर



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
३० जेष्ठ २०८३, शनिबार 









