बारीभरि हरियाली याद आउँछ गाबाको
मेटिँदैन सम्झना आमा बाबाको ।
सधैं सँगै बसेर’नि पुग्ने छैन छोरीलाई
आफ्नो कर्म गर्नुपर्छ जीवन भरिलाई।
कहिलेकाहीँ एक्लै बस्छु टोलाउँछु पिँढीमा
तिम्रै याद गर्दा गर्दै लडेँ सिँढीमा ।
सासू मेरी आमाजस्तै धेरै दुःख पा’की छन्
जिन्दगीका हण्डर अनि ठक्कर खाकी छन् ।
यस्तो विधि दुःख गर्न सक्ने छैन आमा म
सहयोग गरी सान्त्वनामा राख्छु अब म ।
छोराछोरी सँगै छैनन् विदेशतिर गए’सी
कता जाम र कसो गरम एक्लो भए’सी ।
यसपालि नि आइन आमा तिमीले मन नदुखाऊ
छोरा नाति हेरेर मन बुझाऊ ।
आशीर्वाद दिनुपर्छ महान् आमा बनेर
बस्नुपर्छ मैले आफ्नो घर धानेर ।
पोखरा-८, सिमलचौर



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
३० जेष्ठ २०८३, शनिबार 










