बथान छोडी टाढा टाढा माऊ पर पर
रित्तो रित्तो बनेको छ भरिपूर्ण घर
डाँडापाखा पखेराले तिमीलाई खोज्छन्
कहिले आउँछ खुसी भन्दै जैले पनि सोध्छन्
जिन्दगीको इच्छासागर जति गरे पनि
पूरा गर्न सकिँदैन जति तरे पनि
आऊ हुन्छ रमाइलो सबैजना जुट्दा
बिरसिलो मन हुन्छ तिमी मात्र छुट्दा
तिमी नै हौ दिलको माऊ यो मनको नायक
कसैलाई देख्दिनँ म तिमीजस्तो लायक
जीवनका कथा व्यथा उसै गरी पढ्यौ
सबैलाई अनुभूति गराएर बढ्यौ
सुन चाँदी हिराभन्दा बहुमूल्य तिमी
हाँगा हैन पातमा नै अटेका छौ तिमी
झर्न पनि तयार हुन्छौ तिमी मेरा लागि
कहाँ जान सकुँला म सिमारेखा नाँघी ।
मनको माऊ फर्की आऊ रमाउन कतै
फर्काएर ती दिनलाई सँगै बढौँ यतै ।
पोखरा-८, सिमलचौर



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
३० जेष्ठ २०८३, शनिबार 










