हाे !
आखिर मनकै कुरा त हाे
बाेक्न सक्ने जति बाेक्नु पर्छ
नसकेकाे सबै छाेड्नु पर्छ
ओगट्नु हुन्न
निष्टाका भारीहरू
सक्नेलाई बाेक्न दिनु पर्छ
लाेभ मानिसकाे अनन्त हुन्छ
लाेभमा नियन्त्रण जरुरत छ
त्याे धनमा हुन सक्छ
पदमा हुन सक्छ
इच्छामा हुन सक्छ
खहरे -आकांक्षा उर्लँदा
खेतबारी भत्काउन सक्छ
समयमै बाँध नबाँधे मनकाे
आफैंलाई बगाउन सक्छ
यही मनकाे उफानमा,
सारा नष्ट भयाे कुरुक्षेत्रमा
यही मनकाे बुद्धले
संसार जित्याे शान्तिमा
दिग्विजय काे जराे हरियाे
यदि रहिरह्याे भने
पलाउँछ मुना
वृक्ष बूढो भए पनि
मुना पलाउन्न, तरुनाे रुखमा
जरा किराले खायो भने
तिमी हुर्क अमृतकाे
सक्लाे बाेट अटल बनी
सदा देऊ फल सबलाई
दुष्ट नै ती रहे पनि
मरे केही घात हुन्न
यदि विष पलाउँछाै भने
तर जगले खाेजेकाे मानव वन
वन्न सक्छाै हेर ! यसरी तिमी
सत्य निष्ठामा अविचल
अड्न सक्याै तिमी सदा भने ।
कोटेश्वर, काठमाडौँ



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ जेष्ठ २०८३, शुक्रबार 










