काठमाडौँ । कवि तथा साहित्यकार महेशराज खरेलको चौथो कृतिका रूपमा आत्मकथात्मक उपन्यास ‘यात्रा जिन्दगीको’ (भाग दुई) बजारमा आएको छ । साझा प्रकाशनले प्रकाशन गरेको ३ सय ६० पृष्ठको यस कृतिको मूल्य ६४० रुपैयाँ निर्धारण गरिएको छ ।
उपन्यासमा साहित्यकार तथा समालोचक प्रा. डा. गोविन्दराज भट्टराईले गहन भूमिका लेख्नुभएको छ । उहाँले कृतिबारे उल्लेख गर्दै यसलाई अघिल्लो खण्डकै निरन्तरता रहेको आत्मपरक आख्यानका रूपमा व्याख्या गर्नुभएको छ । भट्टराईले फ्रान्सेली नोबेल पुरस्कार विजेता स्रष्टा आनी आर्नोको कृतिसँग तुलना गर्दै खरेलको लेखनमा व्यक्तिगत अनुभूति, इतिहास, सामाजिक र राजनीतिक यथार्थको संयोजन रहेको धारणा व्यक्त गर्नुभएको छ ।
बहुआयामिक स्रष्टाका रूपमा परिचित खरेलले कविता, नियात्रा, निबन्ध, संस्मरणलगायत विविध विधामा कलम चलाउँदै आउनुभएको छ । उहाँको पहिलो कृति ‘मनको किरण’ (कविता सङ्ग्रह) २०७७ सालमा प्रकाशित भएको थियो । त्यसपछि आत्मकथात्मक उपन्यास ‘यात्रा जिन्दगीको’ (भाग एक) २०७९ मा प्रकाशनमा आएको थियो भने तेस्रो कृतिका रूपमा ‘देश विदेश’ नियात्रा सङ्ग्रह २०८१ मा प्रकाशित भएको थियो ।
यस अतिरिक्त खरेलका कविता, मुक्तक, हाइकु, निबन्ध, संस्मरण, जीवनीपरक लेख तथा पुस्तक समीक्षालगायतका फुटकर रचनाहरू विभिन्न पत्रपत्रिकामा नियमित रूपमा प्रकाशित हुँदै आएका छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ जेष्ठ २०८३, शुक्रबार 










