माता तीर्थ औँशी
आमाको मुख हेर्ने दिन
जीवनमा
आफैँलाई हराएर
सबै निजी
भावना दबाएर
सन्तानको
सुखका निमित्त
सुदूर क्षितिज हेर्ने
मातृत्व-वात्सल्य
चेतनामूर्ति
उनै हुन्
सबकी आमा
खै कतिखेर
भोक लाग्छ उनलाई
कहिल्यै भोकाएकी छु
भन्दिनन्
अहोरात्र
कामका चटाराहरूमा
कहिल्यै
थकान मान्दिनन्
अशक्तता छोपेर दिलको
आफ्ना गाेजेरमा
चारो सधैँ अटाउँछिन्
भोकले
व्याकुल सन्तानको
भोक मेटाउन
सिंहले झैँ
खाना जुटाउँछिन्
आफू भोकै
बसेर पनि
फेरि
उनै सन्तानको
भोक प्यास मेटाउन
पहरो झैँ रसाएर
स्तनपान गराउँछिन्
हो उनी नै हुन्
सन्तानकी आमा
हुर्काएर
बढाएर
दरा हात खुट्टाले
हिँड्न सक्ने
भिड्न सक्ने
बनाएर
प्वाँख उमारेर
उड्न सक्ने
गरुडले झैँ
सामर्थ्ये
जुटाएर
पठाउँछिन्
अकासमा
आफ्ना सन्तानलाई
आमा
आफैँलाई भत्काएर
तै पनि
फेरि चिन्ता
र चासो
उनै सन्तानको
खायो खाएन
आज
वा भोकै पो
छ कि त्यो
भनी हरपल
तड्पिरहने
सन्तानको
सुखको निम्ति
हार्छ कि युद्ध भनेर
दुष्ट दुर्याेधनलाई पनि
जिताउन
निष्ठाको
पट्टि खोल्छिन् गान्धारी
हो तिनै हुन्
हामी सबैकी आमा
अभावले खस्किएको
जिन्दगीको पुरै कथा
धसिएर पहिरो बनेको
आफ्नै जीवनको व्यथा
होचो हेला
वरपर
सहँदै झेल्दै मनकाे
डुब्न लागेकाे
पारिवारिक
जिन्दगीको भारी
फगत एक्लै
कहिले खुट्टा टेक्दै
चिप्लिएर खुट्टा लेउमा
लडखडाउँदा जीवन
मुस्किलले घुँडा टेक्दै
घुँडाले साथ छाेड्दा
लहरो समात्दै
लहरो चुँडिँदा
मनकाे
पहरोमा आड लिँदै
सकसको
भारी बोकी उकालोमा
कहिल्यै नथाक्ने
जस्तै
बिकट परिस्थितिमा पनि
आँटले एक्लै
मार्ग पहिल्याउने जिन्दगीको
हो तिनै हुन
मेरी आमा।।
‘जननी जन्मभूमिश्च स्वर्गाद्वपि गरीयसी’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।