जाे पदमा छ
त्याे भ्रष्ट छ
जाे भ्रष्ट छ
त्याे पदमा छ
जाेसित सार्वजनिक सफाई दिनलाई
संप्रेषणकाे तागत छ
त्यही तागतकाे भरमा
भ्रष्ट आचरण लुकाउन
पदीय रापले रापिएकाे मानिस
हरदम सफल भइरहेछ

जाेसित राप छ
त्याेसित ताप छ
राप र तापकाे मानिस भ्रष्ट छ
जाे पदमा छ
भ्रष्टाचार गर्दछ
अर्को भ्रष्ट भन्छ
भ्रष्टाचार राेकिनु पर्दछ
पालाेपिलाे गरेकाे भष्टाचारकाे
पालाेपिलाे विराेध भैरहेकाे छ
अगि सुल्टाे देखिएकाे मानिस
अहिले उल्टाे भएकाे छ

कसरी चिन्नु
बुझ्नु कसरी
याे भ्रष्टाचारकाे माहाैललाई
छिचाेल्नु कसरी
कहिले गाली ठाेक्छन्
भ्रष्टाचार विराेधकाे
कहिले ताली ठाेक्छन्
सदाचार विराेधकाे
चिन्नै नसकिने भयाे
के हाे मूल्य मानिसकाे
अादर्श भत्किएर पैराे गयाे
बेथिति दुवाेझैँ माैलायाे
फेरि पनि बाँच्नु छ
नाटक हेरेर यस्तै
सेताे सफा कही छैन
कालाेले बेरेर सबै उस्तै
जहाँतहीँ छन् उम्रिएका टुसा भ्रष्टाचारका
यिनलाई जाेगाउन
थाङ्ग्राे भएर राजनीति उभिएकाे छ
लाैन भाँचौँ वा काटौँ
यो भष्टाचार लहराउने
अनैतिक राजनैतिक थाङ्ग्राेलाई
मौलाउन नदिऊँ यस्मा कुनै भष्ट लहरालाई

काेही बाँकी छ देशमा ?
पदमा बसेकाे सदाचारी मानिस
छऊ भने, आऊ प्रिय मानव
राेपौँ आजै बिरुवा सदाचारका
निमाेठौँ पात, हाँगा र जरा
सबै भ्रष्टाचारका

हामीले सदाचारको आन्दोलन गर्दैगर्दा
यो अभियानको आह्वान गर्दैगर्दा

आज फेरि दोहोरी चलेछ
सम्मानित सदनमा भ्रष्टाचारको
विषय परेछ कुन फाइल निकाल्ने
वा कुन लुकाउने होडबाजीको
तँ तँ र म म हुँदै गएछ
अन्त्यमा दूरगामी निष्कर्ष आएछ
भष्टाचारका सबै फाइलको
रद्दीका टोकरीमा बास हुने भएछ

जो भ्रष्ट छ
त्यो पदमा छ
जो पदमा छ
त्यो भ्रष्ट छ
भ्रष्टाचारको जुहारीमा
देश र जनताले आहत बेहोरेको छ ।

 

कोटेश्वर, काठमाडौँ