रातको अन्धकार हटेर
बिहानीको झुल्के घामसँगै
आशाका किरणहरू बोकेर
एउटा मिठो सपना लिएर
आइन् नयाँ वर्ष

नीलो आकाश, सेतो बादल
कोइलीको मधुर आवाज
फूलहरूको मगमग बासना
सिरसिरे बतास अनि
वसन्त ऋतुको मनोरम दृश्य
आइन् नयाँ वर्ष

बितेका पल, बितेका वर्ष
तितामिठा अनुभवहरू
सकिएर गए
नयाँ उमङ्ग, नयाँ जोश जाँगर
थपिँदैछ यो नयाँ वर्षमा
आइन् फेरि नयाँ वर्ष ।

इमाडोल