सपनीमा देख्छु तिमी बिपनीमा मात लाग्छ
   समीपमा नआऊ प्रिय बिनाकारण बात लाग्छ
   लजालु ती मुस्कानले लोभ्याउँछ मेरो यो मन
    थाहै नपाई मुटुभरि तिम्रै रूपको खात लाग्छ
    दोमन हुन्छ कहिलेकाहीँ बोलूँ कि म नबोलूँ
   तर्किएर  हिँडूँ भने फेरि आफैँसँग घात लाग्छ
   वसन्तको ऋतुजस्तै मेरो मनभरि तिमी छायौ
   तिमीबिना किन हो किन फूल पनि पात लाग्छ
  टाढा टाढा नजाऊ प्रिय अब मेरो नजरबाट
  तिमीलाई नदेख्दा त दिन पनि रात लाग्छ ।।
इमाडोल, ललितपुर