लिन त मैले नगद नै उधारो लिएको हुँ
तैपनि साइलक मसँग माग्छ मेरो जिउको मासु
कुकुर, कन्जुस, अवसरवादी, विधर्मीसँग
मैले ऋण लिएँ त आफ्नै मित्रका लागि
जो धनी स्त्रीसँग बिहा गर्न चाहन्थ्यो त म के गरूँ ?
मित्रका लागि मैले त्यति पनि नगरे
मैले आफू सहरको धनाढ्य व्यापारी भनेर
के मुख देखाउनू बित्थामा ?
सुदखोर लोभीहरुलाई कसरी जिल खुवाउनुपर्छ –
मित्रकी पत्नीले जानेकी छिन्
मेरो मासु काट्न खोज्नेले एक थोपा रगत मात्र बगाओस् न
उसलाई झ्यालखानामा हाल्न मेरी पत्नीले पनि जानेकी छन्
समाजका हुन् कि सत्ताका–
पैसाका सट्टा मासु ब्याज माग्ने लोभीहरूलाई
लोप्पा ख्वाइदिनुपर्छ सबैले
र सोझै कारागारको बाटो देखाइदिनुपर्छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला