हरेक दिन
घुमिरहेको छ म्याकबेथ
हाम्रै संसद्, मन्त्रालय र प्रशासकीय भवनहरूमा
दलको कार्यालय, बैठक र अधिवेशनहरूमा
जति पटक गिँडियोस् उसको टाउको
झन् झन् नयाँ अवतार लिएर तरबार बोकी आउँदै छ
ऊ हाम्रो गर्धन छिनाल्न
कहाँ गए हाम्रा जादुगर, धामी र झाँक्रीहरू
नयाँ राजाको पतनको भविष्यवाणी गर्न
अझै किन सकिरहेका छैनन् तिनले ?
सिंहासनमा निदाइरहे छ कृपण र कृतघ्न म्याकबेथ
र मानिसहरू
अझै उसको पाउ मोलिरहेछन् ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२९ जेष्ठ २०८३, शुक्रबार 










