महमा नै डुबाए पनि
माहुरी बन्दो रहेनछ माखो
आखिर
बुर्कुसिंदै, उफ्रिदै, उचालिंदै
अहमताको स्प्रिङ्गमा
आरोहण गरेरै छाड्दो रहेछ
रछानको पहाड ।१।
उसले फूल हेर्दैन र चिन्दैन
हुँदैनन् उसका अप्टिक्स स्नायुहरू
र
हुँदैनन् अल्फेक्टरी स्नायुहरू पनि
त्यसैले
बेकार लाग्छ फूलको पराग
र मन पराउँदैन
सामुखको मग्मगाहट
र
एकतमास खोजी रहन्छ
पलाँसभरि गुलाफको सुगन्ध ।२।
कहिलेकाहीँ
लठ्ठिएर सुगन्धको महकमा
बतासिंदा बतासिंदै
चोबलिन्छ चियाका कपमा
र जुलेबीको चास्नीमा
सास नजाउन्जेल र नअघाउन्जेल
अनवरत खाइरहन्छ
र रमाइरहन्छ
दधिचीका हाडहरूमा । ३ |
तिलोत्तमा, रुपन्देही
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला