मलाई फूल बन्नु छ
किनकि
फूलहरू
उम्रिन्छन् र मुस्कुराउँछन्
फक्रिन्छन् र मुस्कुराउँछन
फूल्छन् र मुस्कुराउँछन्
झर्छन् र मुस्कुराउँछन्
चुँडिन्छन् र पनि मुस्कुराउँछन्

फूलहरू
खडेरीको अभाव पनि सहन्छन्
असिनाको चोट पनि पचाउँछन्
वर्षाको वेगमा पनि नाच्दछन्

तुसारोको पीडामा पनि सुगन्ध छर्छन्

फूलहरू
कहिल्यै झिंजिदैनन्
कहिल्यै रिसाउँदैन
कहिल्यै गुनासो गर्दैनन्
कहिल्यै अभिमान गर्दैनन्
सधैं एकनास खुसी रहन्छन्
त्यसैले
मलाई फूलजस्तै बन्नु छ।

तिलोत्तमा, रुपन्देही