घरले ‘कहाँ घर छोडेर जानु’ भन्छ
मधुशाला न हो ‘बसेर खानु’ भन्छ

अँध्यारामा उज्यालो काम थियो
‘घाम छोड्नु जुनकीरी लानु भन्छ’

कैयौँ आगो खाएर चिलिम आयो
यो हुक्काले के बुझेर ‘सानु’ भन्छ

कविता बोकेर एउटा भक्त आयो
जाने बेलामा ‘को हो भानु ?’ भन्छ

बल्ल म मुग्लान गएर आएपछि
‘घर जोगाएको मैले हो’ – छानु भन्छ ।

 

रत्ननगर ३, चितवन