साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

लघुकथा : मार्गदर्शन

कार्यालय प्रमुखको कक्षमा निकै गम्भीरताकासाथ बहस सुरु भएको थियो । वातावरण निकै तनावपूर्ण देखिन्थो, मानौँ कुनै संकट आइलागेको होस् । अरू कर्मचारीहरूको अनुहारमा देखिएको संकटको गाढा छाँया हाकिमको अनुहारमा भने अलि फिक्का देखिएको थियो । अझ…

हुङ्कारी

एक्कासी ऊ आगो भयो । अझ भनौं ऊ आफैंले आफूलाई हुर्हुरी बलेको अनुभव गर्‍यो । कार्यालयमा पुरै सन्नाटा छायो ।  ऊ गर्जियो- `म कसैको गुलाम भएर जागीर खान आएको होइन, अफिस यो पाराले चल्दैन, यसको छिनोफानो हाकिमले गर्नुपर्छ ।´ यसो भनिरहँदा ऊ आफूले…

कविता : श्रापित

जब तिमी रोयौ मुस्कुराइरहेका फूलका पत्रहरूमा खसे ती तिम्रा खुशीका आँसु थिए । जब तिमी रोयौनिर्जन पहराका छातीमा, टुक्रिएका मन जस्ता टुक्रिएका चट्टानका अंशहरूमा गुलाफका काँडाहरूमा शुष्क नदीका डोबहरूमा खसे ती तिम्रा दु:खका आँसु थिए।…

कविता: तिम्रो प्रेमी

सुनसान सडकमा चोकमा वा त्यस्तै कतै उदास टोलाइरहेको बेचैन छटपटाइरहेको थकानले गलित तर आफैँलाई जगाइरहेको ऊ तिम्रो प्रेमी हो। झरीले चुटिरहेको हावाले उडाउन खोजिरहेको सम्हालिएर बडो मुस्किलले देब्रे हातले देब्रे छाती…

कविताः बिन्तीपत्र

महाराज ! मलाई त्यसरी मारिबक्सियोस् जसरी मरेर मसान घाटमा, चिहानमा अतृप्त सपनाले तड्पिहिंड्ने अकस्मात् बाटो काटेर तर्साएर मार्ने मुर्कट्टा बनिन्छ, जसरी मरेर बदलाको आगोमा जल्दैहिंड्ने प्रेमको जालले सुकाएरै मार्ने किच्कन्ने बनिन्छ…

कविताः उपहार

उपहार त उत्सव हुन्, तर कतिपय उपहारहरू उत्सव बनाउँदैनन् हुँदैन कुनै वसन्ती याम र फूलको वर्षा हुँदैन ग्रहणको कुनै आतुरता र हृदयको रस वर्षा त्यो त दूषित हुन्छ दम्भी शासकको कलुसित निगाह जस्तो त्यो त तिरस्कृत हुन्छ दोबाटोमा ग्रह…

चरैवेति

ती पाइतालाले फुटेर बगाएका रगतले कुँदेका बैखरी तिम्रा पाइतालाले छोएरैमात्र बुझ्नेछन् अक्करे भीर जस्ता जीवनका यात्राका ती बाटाहरू र कथ्नेछन् नयाँ गोरेटोका अक्षरहरू। ती दस नङ्ग्राले खोस्रेर जगाएका धर्तिको उर्वरता ती निधारबाट…

शुद्धताको अन्तर्य

कुन्नी केमा अडिएका खुट्टाहरू छन् हजुरका उभिएर कार्पेटमाथि थामेको छ हजुरको शिरलाई जो प्रवचन दिंदैछ बुद्धका, माक्सका रामानुजका, चार्वाकका पुँजीवादका, साम्यवादका ! हजुरका घोषणा छापिन्छन् कागजी र डिजिटल अखवारहरूमा लोभले नछुने र…

विरासत

वर्षौं पछिसम्म पनि श्री ३ को आत्मा लेखिएको छ हाकिम साहेबको नाममा कार्यालयको ढोकामा । भित्र चिनियाँ घुम्ने कुर्सीमा विराजमान हाकिम साहेब यो कुनै शताब्दियौं अघिदेखिको सिंहासन भन्दा कम नलाग्दो हो ! त्यसैले त घुम्ने कुर्सीमा…

मलामीको आँखामा

पानीको आकारमा अलिकति खरानीले जमाएको अहम् यस्तै त हो आकार जिन्दगीको ! समयको नवीनतासँगै बदलिरहने यसको आकार कहिले लोभको भाँडोमा भरिएर पोखिने कहिले क्रोधको तावामा उम्लिएर पोखिने यत्ति त हो चमत्कार जिन्दगीको ! त्यसो त प्रेमको…