डिजिटल बैंकिङमा आक्रामक बन्दै ग्राहकलाई सरल र सहज सेवा प्रदान गरिरहेको माछापुच्छ्रे बैंक लिमिटेडले नेपालमा पहिलो पल्ट QR प्रणालीमा Voice Box (Instant Payment Notification) प्रविधिको नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभाग लगायत यस बैंकका अन्य केही स्थानहरुबाट शुभारम्भ गरेको छ । यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे बैंक लिमिटेड नेपालमै पहिलो बैंक भएको छ ।

श्रावण ५ गते बाट QR मा Voice Box जडान गरी माछापुच्छ्रे बैंकले यो नवीनतम प्रविधिको सुरुवात गरेको हो । अब माछापुच्छ्रे बैंकका QR मर्चेन्टहरूले QR मार्फत भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी एसएमएस सँगसँगै ध्वनिमार्फत हुने बैंकले जनाएको छ ।

यसले सेवाग्राही तथा मर्चेन्टहरूमाझ QR प्रति लोकप्रियता एवम् विश्वसनीयता अझ बढ्ने अपेक्षा गरिएको छ । भविष्यमा नगदरहित कारोबारलाई समेत टेवा पुग्ने बैंकले जनाएको छ ।

यस सुविधाबाट हजारौँ साना तथा मझौला QR मर्चेन्टहरू प्रत्यक्ष लाभान्वित हुने बताइएको छ । यसको प्रयोगले ग्राहक र मर्चेन्टहरूबीच देखिएका केही भुक्तानीसम्बन्धी विवादसमेत निराकरण हुने विश्वास बैंकले लिएको छ ।

हाल उक्त सेवा नेपाल पे QR का मर्चेन्टहरूमा उपलब्ध रहेको र छिटै अन्य नेटवर्कमा पनि जडान गरिने जानकारी बैंकले दिएको छ ।

यसबाहेक फरक फरक माध्यमहरूमार्फत डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन आफ्ना ग्राहकहरूका लागि नवीन उत्पादन र सेवाहरू ल्याउन माछापुच्छ्रे बैंक सधैं तत्पर रहेको बताएको छ । बैंकले नगदरहित बैकिङलाई बढावा दिँदै पहिलो डिजिटल स्मार्ट बैंकका रुपमा आफुलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडि बढिरहेको जनाएको छ ।

हरेक क्षेत्र र वर्गकाग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उद्धेश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।