बैंकिङ क्षेत्रमा नयाँ नयाँ Smart डिजिटल सुविधाहरूसहित विभिन्न मानक निर्माण गर्दै आएको माछापुच्छ्रे बैंकले Mobile Banking App र websiteबाट सजिलै अमेरिका र युरोपमा बस्ने नेपालीले रेमिट्यान्स पठाउन सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।

उक्त सुविधाअन्तर्गत ग्राहकले घरमै बसेर माछापुच्छ्रे बैंकको Mobile Banking App वा websiteमार्फत अमेरिका र युरोपबाट नेपालमा रेमिट्यान्स पठाउन सकिनेछ ।

अत्याधुनिक प्रविधियुक्त रेमिट्यान्स पठाउने सुविधाअन्तर्गत अमेरिका र युरोपमा रहेका आफन्तलाई नेपालमै बसेर Request Remit मार्फत रेमिट्यान्स पठाउन आग्रह गर्न सकिने छ । जसअन्तर्गत नेपालमा रहेका व्यक्तिले आफूलाई आवश्यक परेको रकम विदेशस्थित आफन्तलाई पठाउन आग्रह गर्दै बैंकको लिंक पठाउन सक्नेछन् । उक्त लिंकमा गएर विदेशमा रहेका नेपालीले सजिल्यै र सहजरुपमा रेमिट्यान्स नेपाल पठाउन सक्नेछन् । यो सुविधा विदेशमा रहेका नागरिकहरूले क्रेडिट कार्ड, डेबिट कार्ड, बैंक डिपोजिट र ट्रान्सफर प्रयोग गरी पनि पठाउन सक्नेछन् ।

विज्ञान र प्रविधिले हरेक सेवा र सुविधा सहज बनाई रहेको अहिलेको परिवेशमा अमेरिका, युरोप तथा नेपालमा बसेका ग्राहकले बिना झन्झट एकै क्लिक गरी घरमै बसेर उक्त रेमिटान्स सुविधाको प्रयोग गर्न सक्नेछन् ।

यो सुविधाको प्रयोग रेमिटान्स पठाउने र पाउने दुवैले उपयोग गर्न सक्नेछन् । हाललाई अमेरिका तथा युरोपमा रहेका नागरिकहरूले मात्र यो सुविधा प्रयोग गर्न सक्नेछन् ।

बैंकले Mobile Banking Appलाई भर्चुअल शाखाको रुपमा स्थापित गर्दै ग्राहकहरूलाई प्रत्यक्ष रुपमा बैंकमा आउने झन्झट नरहोस् भन्ने लक्ष्यका साथ उक्त एपमार्फत नवीतम सुविधाहरू थप्दै ल्याइरहेको छ ।