साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

डिजिटल इकोनोमी प्रवर्द्धनमा प्रभावकारी भूमिका खेल्दै माछापुच्छ्रे बैंक

Chovar Blues Mobile Size

देशका हरेक वर्ग र तहका ग्राहकमाझ डिजिटल सेवाको पहुँच पु-याउने उद्देश्यले माछापुच्छ्रे बैंकले पोखरास्थित विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास र बेनीको गलेश्वर शिवालय क्षेत्र विकासमा क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ ।

डिजिटल बैंकिङमा आक्रामक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले कास्की र म्याग्दीको पवित्र तीर्थ स्थल विन्ध्यवासिनी र गलेश्वर धाममा छुट्टाछुट्टै दिनमा क्युआर कोड हस्तान्तरण गरेको थियो ।

पोखरामा रहेको विन्ध्यवासिनी मन्दिरमा आइतबार भएको एक कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा.राम शरण खरेल, विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका कार्यवाहक अध्यक्ष सूर्यप्रसाद सुवेदी तथा माछापुच्छ्र्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले संयुक्त रुपमा उक्त क्युआर सेवाको शुभारम्भ गर्नुभएको थियो ।

उक्त कार्यक्रममा माछापुच्छ्र्रे बैंकका संस्थापक सञ्चालक स्व. सूर्य बहादुर केसीकी पत्नी प्रेमकुमारी केसी तथा बैंकका सञ्चालक बन्दना कार्कीको पनि उपस्थिति थियो ।

साथै म्याग्दीको बेनीस्थित गलेश्वर शिवालय क्षेत्रमा आज भएको एक कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा.राम शरण खरेल, गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधव रेग्मी, बेनी नगरपालिकाका मेयर सुरत केसी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले संयुक्त रुपमा उक्त क्युआर सेवाको शुभारम्भ गर्नुभएको थियो ।

sagarmani mobile size

यो सेवा संचालनमा आएपछि मन्दिरमा आउने दशनार्थीहरूले क्युआर कोडबाटै भेटी चढाउन सक्नेछन्। दशनार्थीहरूले क्युआर कोड सेवा निःशुल्क प्रयोग गर्न सक्नुहुनेछ । नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज भएको कारण क्युआर कोडको प्रयोग आम मानिसमा बढ्दै गइरहेको छ ।

प्रतिक्रिया
Loading...