शहरमा महापुराण लगाइएको थियो । पण्डितदेखि विद्वानसम्म निम्ताइएका थिए । होम तथा यज्ञहरु दिनहुँ चल्थे । बिहान पहिलो सुरुवात प्रवचनबाट सुरु हुन्थ्यो । प्रवचनमा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा ज्ञानी आमन्त्रित हुन्थे । अनुष्ठान भव्य थियो ।
जहिले पनि भगवान राम, कृष्ण बुद्ध, शिवका बाल्यकाल तथा उनीहरुले गरेका दैनिकीबाट सुरु हुन्थ्यो । सोध्नेहरुलाई कसैलाई यी कमजोरी लाग्थ्यो त बाँकीलाई लीला । भगवानका बिषयमा शहरवासी भिन्न तरिकाले प्रस्तुत हुन्थे । केही हदसम्म उनीहरुमा ज्ञान थियो तथा बोध थियो ।
यतिकैमा संस्कृत विश्व विद्यालयका कुलपतिले प्रवचन दिनुहुने विद्वानलाई साक्षात्कार गरे, “भगवान श्रीकृष्णले बाल्यकालमा गरेका कमजोरीहरु क्रमश: दही चोर्नु, गोपिनीका सारी लुकाउनु, पानीका गाग्री फोर्नु, गोपिनीहरु सँग मस्ति गर्नुलाई के भन्नुहुन्छ ? प्रष्ट पारीदिनु परो । “
प्रवचकले उदाहरण दिँदै भने, “अवकास प्राप्त उपप्रधान मन्त्री जस्तै हो । ती अञ्जानमा गरिएमा गल्तीहरु पक्का हुन् । गल्तीले सिकाउँछ र उठाउँछ । तर अपराध गर्ने अपराधीहरुले देशको बागडोर समातेपछि गल्ती गर्नेहरुलाई फसाइन्छ ।”
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला