“भन न त ,यिनी चैँ को हुन् ?” श्रीधरले सोधे ।
“हजुर किन प्रश्न मात्र गरिरहनु भएको छ ? कि म मन परेन ?” उनले प्रतिप्रश्न गरिन् ।
“जान्न मात्र खोजेको हुँ ।” मलिन भएर श्रीधरले भने ।
“हाम्रो सरोकार मात्र कामको हो । अरूकुरा सोधेर मेरो घाउमा नुनचुक नछर ।” उनले भनिन् ।
श्रीधर अन्यमनस्क भए । नयाँ सिकारमा आँखा गाडिरहेका श्रीधर तापनि केही कुरा खुलिहाल्छ कि भनेर प्रयासरत छन् ।
“तिम्रो श्रीमानको ठेगाना त होला नि ?”
“मसँग विवाह गर्न सक्छौ भने भन्छु नत्र मसँग कामको मात्र कुरा गर ।”
श्रीधरले “विवाह गर्न नसके पनि तिमीलाई व्यवस्थापन गरिदिन्छु नि,” भने ।
उनलाई पुरुषहरू देख्दा घृणा नलागेको कहाँ हो र, तैपनि पुरुष बिना उनको खाइजीविका चल्दैन थियो ।
उनले घृणित भावमा भनिन्, “यिनी मेरी छोरी, यो शहरका तिमी जस्ता पुरुषहरू यिनका बुबा । अरू केही सोध्नु छ ?”
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला