
“यो एआई र च्याट जिपिटीले धेरैलाई बेरोजगार बनाउने भयो ।” भन्दै रमेशले सुस्केरा तान्यो ।
“कसरी ?” सबिनाले प्रश्न तेर्स्याइन् ।
“धेरै मानिसले महीनौं लगाएर गर्ने काम एकै छिनमा गरेपछि बेरोजगारी बढेन त ? “ रमेशले तर्क पेस गर्यो । ऊ बोल्न छोडेन । “किताब लेख्ने, विभिन्न भाषामा अनुवाद गर्ने, प्रश्नको जवाफ दिने, विविध विधाका सामाग्रीहरू सृजना गर्ने, गीत, संगीत, चित्र, भिडियो बनाउने, सबै कार्य एआईले गरे पछि ती कार्य गर्नेको रोजीरोटी खोसिएन ?”
सबिनाले रमेशलाई बोल्न रोक्दै अर्को जिज्ञासा राखिन्, “के यसका सकारात्मक पक्ष चाहिं छैनन् ?”
“कृत्रिम बुद्धिमत्ताको प्रविधिले गर्दा नै कम्प्युटरले मान्छे जस्तै सोच्न सक्ने, समस्याहरूको विश्लेषण गरी समाधानको उपाय पत्ता लगाउने कार्य सम्भव भएको छ । जसको प्रयोगले मानिसको जीवनमा ठूलो परिवर्तन भएको छ । शैक्षिक, कानूनी, सामाजिक, आर्थिक, स्वास्थ्य, सुरक्षा र प्राविधिक लगायतका क्षेत्रमा कृत्रिम बुद्धिमत्ता र च्याट. जिपिटीले सकारात्मक प्रभाव पारेको कुरालाई नकार्न सकिंदैन ।” रमेशले बिस्तारमा भन्यो ।
“कृत्रिम बुद्धिमत्ताको प्रभावकारी प्रयोग गर्न कार्यमा बेरोजगारीलाई लगाउन सके स्वतः नयाँ रोजगारीको सिर्जना हुने रहेछ ।” सबिनाले रमेशको जवाफमा नै बेरोजगारी समस्याको समाधानको उपाय रहेको बताइन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

