एकजना बाउ आफ्ना छोरालाई हप्काउँदै थिए, “तँ मोराले राम्रो पढिनस् । राम्रो काम गरिखाँदैनस् भन्ने बुझियो । अब चोरहरूको संगत गर् । चोरी गरेर खा । तैँले त्यही मात्र गर्न सक्छस् ।”
त्यसैबेला उनीहरूको घर छेउबाट एक हुल चोर हिँडदै रहेछन् । बाउचाहिँको कुरा सुनेर एउटा चोरले भनेछ, “यी बुढा हाम्रा समर्थक रहेछन् ।” अनि सबै चोरहरूले भनेछन्, “हो हो, हाम्रो आस्था र यिनको आस्था एउटै रहेछ ।”



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
३० जेष्ठ २०८३, शनिबार 







