उनले हतार हतारमा मोटरसाइकल स्टार्ट गरे र कार्यालयतिर हुइँकिए । हेलमेट फुकालेर के राख्न लागेका थिए । उनले आफ्नो टाउकोमा टोप नभएको चाल पाए । उनले मुडुलो टाउकोमै हेलमेट फेरि लगाए र कार्यालयमा सोधपुछका लागि पसे ।
काम सिद्धिनासाथ मिटिङतिर नगई फेरि घरतिर लागे ।
सडकबाटै चिच्याउँदै श्रीमतीलाई भने, ‘अघि कोठामा टोप छुटेछ, ल्याइदेऊ त, अर्को मिटिङमा जान हतार भइसक्यो ।’
श्रीमतीले यताउति जताततै टोप खोज्दै थिइन् । उनका पति रिसले भाउन्निंदै हेलमेट फुकालेर के अघि बढ्न लागेको थिए, उनले श्रीमतीलाई अल्लि नम्र भएर भने, ‘भो, भो अहिले खोज्न परेन ।’
‘किन !’ श्रीमती बरन्डाबाट निस्केर भनिन् ।
बाहिर श्रीमान् हेलमेटमा अल्झेको टोप निकालेर लगाउँदै थिए ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला