समयको गोरेटोमा
हिँड्दा हिँड्दै
कहिलेकाँही नमज्जासँग कुल्चिन्छन्
तिखा काँडाहरू
र स्नायुका चेतले प्रवाहित गर्दछ अकाग्य क्रिया
र सिकाउँछ सम्हालिएर हिँड्न
पछ्याउदैँ
जिजीविषाका उकाली र ओरालीका पदचाप
बढाउनु पर्छ जिन्दगीको मेलो
जसरी
मनिटरमा देखिएको
सिधा र फ्ल्याट लाइनले
इङ्गित गर्दछ मृत्यु
अनि उतारचढावको गतिले
अनुभूत गराउँछ जीवन रहेको घनिभूत प्रमाण
तसर्थ म जीवनको हरेक पाइलामा चाहन्छु
आरोह र अवरोह
किनकी
मलाई गति मन पर्छ
र
म जीवन चाहन्छु



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२९ जेष्ठ २०८३, शुक्रबार 










