बुद्धलाई बन्दुक छोप्न विवश यहाँ पारेपछि
नजिर त्यो बस्ला कस्तो, सत्य पनि हारेपछि।
दुर्योधनहरु चौडा छाती, बनाएरै हिंडिरहलान्
बबुरो त्यो अभिमन्युलाई, चक्रब्यूमा मारेपछि।
अभ्युत्थानमः धर्मस्य, कुरुक्षेत्र बनिरहलान्
फल्छ कस्तो फल त्यो, विषको बोट सारेपछि।
आफ्नो सर्वश्री पाण्डवले, सदाझैं गुमाईरहलान्
सकुनीको कपटपासा, जुवाखालमा झारेपछि।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२ चैत्र २०८२, सोमबार 










