
श्रब्य साहित्य
मैले एउटा
झोला भेट्टाएको छु
अत्यन्तै पुरानो
मक्किएर ठाउँ ठाउँमा प्वाल परेको
झोलाभित्र
ल्याप्चे छाप ठोकिएका
एक थान स्वाभिमानका
बन्द खामहरू छन्
च्यातिएर धुजा धुजा परेका
एक मुठ्ठी इमानका
दस्तावेजहरू छन्
कालो रङ लतपतिएको
एउटा दुर्गन्धित डायरी छ
डायरीमा रातो मसीले लेखेको
जाल, झेल र षड्यन्त्रको फेहरिस्त छ
झोलाभित्र एउटा झुत्रो मेनोफेस्टो छ
विद्रूप देखिने एउटा चरित्रको चित्र छ
भन्नुस् महाशय !
यो झोला कसको हो?
°°°
हेटौंडा



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
