१
प्रकृति दुःखी
मान्छे दैत्य प्रवृत्ति
विनाश लीला ।
°°
२
प्रकृति लीला
वैश्विक महामारी
विक्षिप्त मन ।
°°
३
डरको भ्रम
कोरोनाको लहरा
अल्झिन्छ मन ।
°°°
४
अनन्त यात्रा
पिँजडाको संसार
गन्तव्यहीन ।
°°°°
५
भोकले मर्यो,
समाचारले लेख्यो
कोरोना नाम ।
°°°
६
सहर भित्र
कोरोना धपाउँदै
प्रहरी गस्ती ।
°°
७
एउटा यात्रा
कोठाबाट कोठामा
लकडाउन ।
°°
८
मन्दिर बन्द
घर भो हरिद्वार
वृद्धको धाम ।
°°
९
पिँजडा भित्र
अनलाइनमा चरी
संसार डुल्छे ।
००
१०
बन्दी जीवन
पारिवारिक मेल
सुन्दर जेल ।।
हेटौंडा
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला