समय फेरिएको छ जिउने तरिका बद्लिएको छ
परिवर्तन खोज्दै रीति संस्कार खल्बलिएको छ ।।

भाग दौडको रेसमा जिन्दगी दौडिँदा दौडिँदा,
यहाँ हरेक मान्छेहरूको मगज हल्लिएको छ ।।

विस्थापित् हुँदैछन पूरातन सोंच र मान्यताहरू
जरो गाडेका विश्वासहरू आज भत्किएको छ ।।

बाहिर आदर्श र सुन्दर देखिन्छन् हरेक रुपहरू
भित्र हेर्नुस् विचारहरू खोक्रो भएर मक्किएको छ ।।