इभान तुर्गनेभले पहिलो उपन्यासबाट नै चर्चा पाए । सन् १८५६ मा प्रकाशित रूडिन उपन्यासले त्यो बेलाको बौद्धिक जमातलाई आकर्षित गर्न सफल भयो ।

तर जब उनले सन् १८६० मा फस्ट लभ लेखे, केही विवाद, असन्तुष्टि र आलोचना उनले झेल्नु पर्यो ।

नझेलुन् पनि कसरी ? उनले विषय नै त्यस्तो उठानी गरेका जो थिए !!

हुन त यो उपन्यास तुर्गनेभको आफ्नै कलिलो उमेरको प्रेमका बारेमा थियो । उनी राजकुमारी क्याथरिन साखोभ्स्कोइसँग यति आकर्षित थिए कि उनलाई पाउनका लागि अनेक उपाय रच्छन् तर पछि उनले थाहा पाउँछन्, यी राजकुमारी त आफ्नै बाउकी रखौटी रहिछन् । यो थाहा पाएपछि उनी खङ्ग्रङ्ग हुन्छन् ।

यसै घटनालाई थोरै कल्पनाशीलता मिसाएर यो उपन्यास तुर्गनेभले लेखेका थिए ।

यो कथानक यति रोचक बन्यो कि यसमाथि संसारभरि नै अनेकन् संस्करणमा फिल्महरू बनाइएका छन् ।

यहाँ हामीले दक्षिण भारतमा बनेको एउटा फिल्म प्रस्तुत गरेका छौँ । यसले पनि तुर्गनेभको फस्ट लभलाई आफ्नो कथानकको आधार बनाएको छ । फिल्ममा निर्देशकले शुरूमै इभान तुर्गनेभलाई यो फिल्मको प्रेरणा मानेका छन् र उनैमा फिल्म समर्पण गरेका छन् ।

निर्देशक सामीले फिल्ममा बोल्ड विषयलाई उठान गरेका छन्, जब बिहेलगत्तै कुनै पुरूष आफ्नी स्त्रीलाई छाडेर टाढा जान्छ, त्यो बेला हुने यौनिक दुर्घटनाले सारा परिवार नै क्षतविक्षत पारिदिन्छ ।

यहाँ बिहे गरेर छोरो उच्च शिक्षाका लागि शहर गएपछि एक्लो ससुरो र बुहारीबीच हुने यौनिक दुर्घटनालाई मूल विषय बनाइएको छ ।

तुर्गनेभलाई समर्पित गरिएको यो फिल्म आज शनिबार सिनेमा अन्तर्गत हामीले पेस गरेका छौँः

[embedyt] https://www.youtube.com/watch?v=gPv9i2Z0pCw[/embedyt]