सहज जीवन यापन कसलाई पो मन नपर्ला ! सधैँको खतरा, सधैँको अनपेक्षित जीवन कसैलाई पनि मन पर्दैन ।
तर जीवनमा सधैँ सरल, सहजता खोज्दा मानिसले बाँच्न बिर्सिरहेको छ । जीवन्तता भुलिरहेको छ ।
सन् २०१७ मा चिलीमा बनाइएको यो छोटो फिल्मले हामीलाई वैवाहिक जीवनलाई सुचारू राख्न आवश्यक पर्ने तत्त्वका बारेमा मज्जाले झक्झक्याएको छ ।
यस फिल्ममा दुई पात्र छन्, खरायो दम्पति । तिनलाई जागिर खानु भन्दा पनि मिठा बेकरी बनाउनुमा आनन्द लाग्छ । शुरूवातमा उनीहरूले बेकरी पसल चलाउँछन् पनि तर राम्रोसँग व्यवस्थापन गर्न नसक्दा उनीहरूले मनपर्ने बेकरी बनाउने काम छाडेर अरू नै काम गर्नुपर्ने अवस्था आउँछ ।
उनीहरूले योजना बनाउँछन्, सीमित समय काम गरेर पैसा कमाएपछि राम्रो बेकरी पसल खोल्ने तर त्यो समय कहिल्यै आउँदैन । जब एक दिन साँच्चिकै ढिला भएको महसुस हुन्छ, त्यस दिन सबैथोक परिवर्तन हुन्छ । यो खरायो जोडीको खुसियालीपूर्ण जीवन फर्केर आउँछ । तर कसरी ? त्यसको जवाफका लागि चाहिँ फिल्म नै हेर्नुपर्ने हुन्छ । जम्मा १५ मिनेटको यो फिल्मले तपाईंलाई फिल गुड गराउँछ ।
फर्नान्डा फ्रिकद्वारा निर्देशित यो फिल्म ३२ जना प्राविधिकहरूले लगभग दुई वर्ष लगाएर बनाएका हुन् । चिली सरकारले लगानी गरेको यो फिल्मबारे धेरै बोल्नु भन्दा हेर्दा नै उपयुक्त हुन्छ ।
[embedyt] https://www.youtube.com/watch?v=5Zqmt1H35fs[/embedyt]



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

