तीन मिनेटको छोटो फिल्म हेर्न तपाईं तयार भएर बस्नुहोस् । यो छोटो फिल्मले तपाईंलाई जीवनको पाठ मात्र पढाउँदैन, मनमा एउटा रमरमी पनि छाडेर जानेछ ।

वर्षा गराउने देवी र उनकी छोरी खेलिरहेका छन् । यत्तिकैमा बादल सानी बालिकासँग रत्तिन्छन्, खेल्छन् । बादलको काम माथि नै रत्तिने मात्र होइन, वर्षिएर जमिनलाई उर्वर बनाउने पनि हो तर बालिका बादलसँग रत्तिएका कारण ती जमिनमा झर्न पाउँदैनन् ।

बालिकाकी आमाले सम्झाउँछे, तिनलाई थपडी बजाएर मुक्त गर्नुपर्छ । नमुनाका रुपमा बालिकाकी आमाले थपडी बजाउँछिन् र बालिकासँगै मस्त खेलिरहेको बादल तुरुन्त वर्षन थाल्छ र क्षणभरमै लुप्त हुन्छ ।

आमाले बालिकालाई पिँजडामा थुनिएका बादलहरूलाई खुला छाड्न अह्राउँछिन् । उनले खुला त छाड्छिन् तर उनी बादलहरुसँग फेरि यत्ति रत्तिन्छिन् कि गड्याङगुडुङ गरेर उनैलाई तर्साउँछन् ।

पछि आमाले फेरि तिनलाई कसरी मुक्त गर्ने भनी सिकाउँछिन् र थपडी बजाएपछि उनीहरु बर्सिन थाल्छन् ।

अब आकाश रित्तिन्छ । उनीसँग खेल्ने कोही हुँदैनन् । यो देखेर बालिका दुःखी हुन्छिन् तर आमाले देखाउँछिन्, केही कुरा पनि खेर जाँदैन । माथिबाट झरेपछि फेरि त्यही कुरा माथि आइहाल्छ ।

नभन्दै शितका थोपाहरू एक एक गर्दै आकाशमा पुग्छन् र तिनले बादलको आकृति लिन्छन् ।

यो छोटो फिल्मले जीवनको पाठसमेत पढाएका छन् ।

आउनुस्, हामी अक्षरको रमाइलोभन्दा आज शनिबारको दिन दृश्यको रमाइलोमा रमाऔँ ।