यतिबेला बलिउडमा ‘सनम तेरी कसम’को निकै चर्चा छ । कारण ? दोस्रो पटकको रिलिजमा यसले पहिलो पटकको रिलिजभन्दा दोब्बरको व्यापार दुई दिनमा गर्न पुग्यो ।

यो फिल्म यसको कथाका कारण क्लासिक बन्न पुगेको छ । यो फिल्मलाई राधिका राव र विनय सप्रुले निर्देशन गरेका थिए ।

फिल्मका लेखक विनय सप्रुले बलिउड हंगामासँग कुराकानी गर्दै भनेका छन्, ‘हामीलाई पहिल्यै थाहा थियो, यो कथाले लामो समयसम्म छुनेछ । सुटिङदेखि गीत रेकर्डिङसम्म फिल्म फ्लप होला भन्ने कुनै आशंका थिएन । यो फिल्म पक्कै ब्लक बस्टर बन्नेमा हामी विश्वस्त हुनेछौँ ।’

यो फिल्म टेलिभिजनमा देखाउँदै यसको दर्शक सधैँ उच्च हुने गरेको छ । जीटीभीसँग यसको स्याटलाइट अधिकार भएकाले जब जब टीभीको रेटिङ घट्न थाल्छ, यो फिल्म चलाउने गरेको छ ।

फिल्मका निर्देशकहरूले १० वर्षअघि पहिलो पटक यो फिल्म रिलिज गर्दा त्यो बेला इरोज इन्टरनेसनलले प्रचार प्रसारमा खासै ध्यान नदिएको आरोप लगाएका छन् । दोस्रो पटक रिलिज हुँदा किशोर किशोरीहरूमा ठूलो क्रेज देखिएको थियो ।

केही सिनेमा हलसम्म पुगेका फिल्मका हिरो हर्षवर्धन राणेले आफूले जस्तो पीडा कसैले पनि भोग्नु नपरोस् भनी टिप्पणी गरेका थिए । उनले दर्शकहरूलाई सम्बोधन गर्दै भनेका थिए, ‘हामीले बडो दुःख गरेर फिल्म बनाएका थियौँ । धेरैले नयाँ पुस्तालाई कसैले पनि हेर्दैन भनेका थिए । नभन्दै पहिलो पटक सन् २०१४ मा रिलिज हुँदा यो फिल्म फ्लप भएको थियो ।

यसले १० करोड मुस्किलले कमाएको थियो ।

फिल्मका लेखक निर्देशक फिल्मको मुख्य विषय महादेश र सतीदेवीको प्रेमलाई आधार बनाएको बताएका छन् ।

फिल्मका लेखक निर्देशकमध्ये एक विनय सप्रु भन्छन्, ‘यो फिल्मको क्लाइमेक्स के बनाउने भन्ने चिन्ता हामीलाई थियो । तर बाउले छोरीलाई श्राप दिन्छ र उसको पिण्डदान गर्छ ।

यस घटनाले केटीलाई यति गहिरो असर पर्छ कि ऊ बिरामी पर्छे र मर्छे ।

यो फिल्ममा पाकिस्तानी अभिनेत्री मारवा हुसेनले अभिनय गरेकी थिइन् । उनी पाकिस्तानी टीभी शृंखलामा निकै चर्चित अनुहार थिइन् । यो उनको पहिलो बलिउड फिल्म थियो । सन् २०११ मा पहिलो पटक उर्दु शृंखला ‘खिचडी साल्सा’बाट सानो पर्दामा देखापरेकी उनले त्यसपछि धेरै शृंखला गरिन् । २०१६ मा सनम तेरी कसमले उनको भाग्य बदल्ने अपेक्षा गरिएको थियो तर सोचेअनुरूप फिल्म चलेन । कराचीमा जन्मिएकी मारवाले लन्डनबाट कानूनमा उच्च शिक्षा लिएकी छन् ।

यस किसिमको क्लाइमेक्सको प्रेरणा अमिताभले सुनाएको आफ्नो अनुभवबाट आएको लेखक सप्रुले बताएका छन् । उनले एक पटक अमिताभलाई उनका बुवाले बच्चामा नै तँ अब बिरामी हुन्छस् है भनेको भोलिपल्ट नै बिरामी भएको सुनाउँदै यदि कसैले साँच्चिकै अरूले भनेको कुरा मान्यो भने आफू त्यस्तै बन्ने सम्भवना हुने कथाबाट प्रेरित भएको सप्रुले बताए ।

सप्रुका अनुसार यो फिल्ममा हिरोको पहिलो छनोट हर्षवर्धन राणे थिएनन् । निर्देशकको छनोटका लागि इहान भाट वा विक्की कौशललाई छनोट गर्ने तयारी गरिरहेका बेला राणेले निर्देशकहरूसँग बढी नै चासो देखाएका थिए । त्यसैले उनी छनोटमा परे ।

तर दुःखको कुरा, यो फिल्म पहिलो पटक रिलिज हुँदा फ्लप भएको थियो तर अहिले यसको सफलतापछि भने यो फिल्मको दोस्रो भाग बनाउने कुरा चलिरहेको छ ।

उसो भए, त्यो फिल्म आजको सटर्डे सिनेमा शृंखलामा किन नहेर्ने ?