
केही महिनाअघि ज्याकी चाङको एउटा भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो । सो भिडियोमा ज्याकी चाङ र एउटी युवती देखिन्छन् । युवती एउटा भिडियो हेरिरहेकी छन् । भिडियोमा ज्याकी चाङले विभिन्न फिल्महरूमा गरेको खतरनाक दृश्यहरूको सुटिङ देखिन्छ । सो सुटिङमा कयौँ ठाउँमा च्याङ घाइते हुन्छन् र उनलाई उपचारार्थ उठाउँदै गरेको देखिन्छ ।
सो भिडियोमा देखिएकी युवती को हुन्, उनले किन ज्याकी चाङलाई पापा भनिन्, के उनी वास्तवमै ज्याकीकी छोरी हुन् ? हुन् भने कुन उद्देश्यले भिडियो सार्वजनिक गरियो भन्ने जिज्ञासा सामाजिक सञ्जालमा व्यक्त गरिएको थियो ।
पछि खुलासा भयो कि वास्तवमा त्यो दृश्य ज्याकी र उनकी छोरीको नभई एउटा फिल्मी दृश्यको हो । जसमा छोरी बनेकी युवा अभिनेत्री लिउ हाओकुन र बाउ बनेका ज्याकीबीचको एउटा भावनात्मक दृश्य फिल्माङ्कन गरिएको रहेछ ।
कमलो दिलको हुनुहुन्छ भने यो फिल्मले तपाईंलाई धेरै ठाउँमा आँशु झारिदिन सक्छ । त्यसका लागि तपाईंले छेउमै रूमाल बोक्नुपर्ने पनि हुनसक्छ ।
आजको सटर्डे सिनेमामा हामीले सोही फिल्मको कथानक यहाँ प्रस्तुत गरेका छौँ ।
यो फिल्म गएको अप्रिल ७ मा चीनका सिनेमाहलहरूमा प्रदर्शन भएको थियो । यो फिल्म हंगकंग फिल्म उद्योगमा काम गर्ने सारा स्टन्टम्यान र महिलाहरूलाई समर्पण गरिएको थियो । वास्तवमा हङकङमा फिल्म निर्माण शुरू भएको सय वर्ष पूरा भएको उपलक्ष्यमा यो फिल्म निर्माण गरिएको थियो । फिल्म निर्देशक ल्यारी याङ स्टन्टम्यानहरू र ज्याकी चाङको प्रशंसक भएकाले उनीहरूप्रति समर्पित फिल्म बनाउन चाहन्थे । त्यसका लागि पूरा फिल्म लेखे तर फिल्मको स्क्रिप्ट चाङले मन पराएनन् । यसलाई अझ रोचक बनाउन सल्लाह दिएपछि थप एक साता यसमा विभिन्न परिवर्तन गरेपछि यो फिल्मका लागि चाङ तयार भएका थिए ।
फिल्म भनेपछि मरिहत्ते गर्ने एक जना स्टन्टम्यान छन् । उनी आफ्नो काममा यति मग्न छन् कि श्रीमती र छोरीलाई समेत समय दिन भ्याउँदैनन् । यसै कारण श्रीमतीले उनलाई छाड्छिन् र छोरीलाई आफैँसँग लैजान्छिन् ।
एक दिन श्रीमतीको निधन हुन्छ तर त्यो बेला छोरीले आफ्ना पितालाई श्रीमतीको अन्तिम संस्कारमा समेत भाग लिनबाट रोक्छिन् । यसबाट दुःखी ज्याकी छोरीबाट टाढै हुन्छिन् ।
समय परिस्थितिले छोरी एक पटक ज्याकी बसेको ठाउँमा पुग्छिन् र पछि महसुस गर्छिन् कि वास्तवमा बुवालाई उनले जति गँवार र हृदयबिनाको सोचेकी थिइन्, त्यस्तो होइन रहेछ ।
पछि ज्याकीलाई बुझ्दै जाँदा, ज्याकीले पनि छोरीको माया महसुस गर्छन् ।
फिल्मको मुख्य कथा भने यो होइन । मुख्य कथा चाहिँ घोडा र उनको सम्बन्धमाथि हो । एउटा अपाङ्गता भएको घोडा कसरी उनको भागमा पर्छ र उससँगको मित्रताले दुवै कसरी एकअर्काको मायाको अभावको पूरक बन्छन् भन्ने कथा नै यसको ज्यान हो ।
फिल्मको सुटिङ २०२१ सेप्टेम्बर २७ मा सुरू भएर २०२२ को नोभेम्बर १० मा अन्त्य गरिएको थियो । फिल्मले संसारभर ३६ करोड २३ लाख डलरको व्यापार गरेको थियो । यस फिल्मले चीनियाँ बजारमा उति राम्रो व्यापार भने गरेन । यसले जम्मा १ लाख २८ हजार डलरको व्यापार गरेको थियो ।
संसारभरबाट जति व्यापार गर्यो, त्यसले ६७ वर्षे उनको स्टारडमलाई भने प्रमाणित गरेको छ । आउनोस्, यो फिल्मलाई संक्षेपमा हेरौँः



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

