आउँदो विहीबार प्रख्यात अभिनेता ब्रुस लीको निधन भएको ठीक ५० वर्ष हुनेछ । यिनै लीका कारण एसियाली कुङ फुका बारेमा संसारले जान्ने अवसर पायो । यो एक खास खेललाई सिनेमाको पर्दामा हङकङदेखि हलिउडसम्म तान्ने खुबी लीले नै देखाए ।
उनका फिल्महरू इन्टर द ड्रागन, द वे अफ द ड्रागन र फिस्ट अफ फ्युरीजस्ता फिल्मले सन् १९७० को दशकमा तहल्का मच्चाएका थिए । तर दुःखको कुरा, उनले आफ्ना खास कला देखाउने बेलामा मात्र ३२ वर्षको उमेरमा उनको निधन भयो । उनी फिल्मका कलाकार, निर्देशक मात्र नभएर हाइब्रिड मार्सल आर्ट जीन कुने दोको संस्थापकका रूपमा सधैँ स्मृतिमा रहिरहने छन् ।
आजको शनिबारे सिनेमामा हामी ५५ वर्ष पुरानो हङकङको फिल्म द फाइटर हेर्नेछौँ । यो फिल्म पुरानो, अहिलेको हिसाबले बासी कथा, फुहड किसिमको एक्सन सिक्वेन्स भए पनि लगभग ५५ वर्षअघि हङकङमा कस्ता फिल्म बन्दा रहेछन्, तिनको गुणवत्ता कस्तो रहेछ आदि उदाहरण यसबाट सिक्न सक्छौँ । भन्नु परोइन, यिनै फिल्मको नक्कल गरेर बलिउडले अहिलेको यो स्थान हासिल गरेको हो । त्यसैले हामीले पनि यस्ता कुरा सिक्नु पर्छ ।
ब्रुस लीको निधनको ५० वर्ष लाग्दाको अवस्थामा हलिउड स्वयंले उनको गुन मान्नुपर्ने हुन्छ । क्वेन्टिन टरेन्टिनोले बनाएको रिजरभ्वायर डग्स होस् या किल बिल, यी दुवै फिल्ममा ब्रुस लीको प्रभाव देख्न सकिन्छ ।
ब्रुस लीकै कारणले हलिउडले जोन वु, युन वो पिङजस्ता निर्देशक पायो र म्याट्रिक्सजस्तो आदर्श सिनेमा तयार हुन सम्भव भयो । त्यस्तै मार्भल कमिक्सले बनाएको पछिल्लो पटठकको साङ ची फिल्म पूरै ब्रुस लीबाट प्रभावित भएको देख्न सकिन्छ ।
आउनोस्, आज हामी थोत्रै सही, ब्रुस लीको शुरूवाती समयको एउटा फिल्म अवलोकन गरौँ । यस फिल्मले हाम्रा धेरै र हिन्दी फिल्म पनि अनेकन् याद दिलाउनेछ ।
https://www.youtube.com/watch?v=Oe4IG4hk2P8&t=2s
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।